नयाँ सारथी लघुवित्तको २० प्रतिशत लाभांश दिने निर्णय, बोनस र नगद कति ?
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीयि संस्था लिमिटेडले आफना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने भएको छ ।
कम्पनीको फागुन १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि आव २०७७।०७८ मा साविक सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्त एक आपसमा गाभ्ने।गाभिने प्रकृया सम्पन्न गरी नयाँ सारथी लघुवित्त (साविक सारथी लघुवित्त)को नामबाट एकीकृत कारोबार सुरु भएको मिति २०७७ असोज ५ गते पछि शेयर खरिद गरेको शेयरधनीहरुको हकमा आयकर लाग्ने भएकोले गत आवको मुनाफाबाट चुक्तापूँजीको १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ । कम्पनीको हालको चुक्तापूँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ रहेको छ ।