कुमारी इक्विटी फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी घट्यो
१० फाल्गुन २०७८, मंगलवार १७:४२
काठमाडौं । कुमारी इक्विटी फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी घटेको छ । माघ मसान्तसम्म कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणले यस्तो देखाएको हो । यसअवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी ६प्रतिशतले घटेर ४६ करोड ७ लाख ४५ हजार रुपैयाँमा आएको छ । अघिल्लो महिना फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी ४८ करोड ७९ लाख ७१ हजार रुपैयाँ थियो । यसअवधिमा फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) पनि घटेको छ ।
न्याभ १० पैसाले घटेर १० रुपैयाँ ९२ पैसामा आएको छ । पुसमा यसको न्याभ ११ रुपैयाँ ०२ पैसा थियो ।