दोहोरो अंकले बढेको शेयरबजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । सातोका तेस्रो दिन नेप्सेमा शेयरबजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन २५ अंकले बढेको नेप्से परिसूचक आज १७ अंकले बढ्न पुगेको छ ।
नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँको कारोबार भएको छ ।
नेप्से बढेपनि पछिल्लो केहीदिनयता कारोबार खासै सन्तोषजनक देखिएको छैन । दोहोरो अंकले बढेको शेयरबजारमा आज केही कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।
हाइड्रोपावरका शेयरधनीहरुले आज सर्वाधिक कमाएका छन् भने आज सर्वाधिक गुमाउनेमा सिभिल लघुवित्त रहेको छ । कम्पनीको आज १.९६ प्रतिशत अर्थात् २० रुपैयाँले शेयरमूल्य घटेको हो ।
त्यस्तै, नेपाल हाइड्रो डेभलोपर्सको १.९६ प्रतिशत अर्थात् ११ रुपैयाँ १० पैसा, मेगा म्युचुअल फण्डको १.९३ प्रतिशत, प्राइम लाइफ इन्स्योरेन्सको १.८८ प्रतिशत अर्थात. १३ रुपैयाँ र समिट लघुवित्तको १.७१ प्रतिशत अर्थात. २० रुपैयाँका दरले शेयरमूल्य घटेको हो ।