आज सर्वाधिक यी १० कम्पनीको भयो कारोबार

१० फाल्गुन २०७८, मंगलवार १५:०७

काठमाडौं । शेयरबजारमा आज सामान्य बढोत्तरी देखिएको छ । साताको तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

अघिल्लो दिन २५ अंकले बढेको नेप्से परिसूचक आज १७ अंकले मात्र बढेर ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर किनबेच हुँदा सोही रकम बराबरको कारोबार भएको हो ।

नेप्से बढेपनि पछिल्लो केहीदिनयता कारोबार खासै सन्तोषजनक देखिएको छैन । पछिल्लो केहीयताका सातामा शेयरबजारमा ३।४ अर्बसम्मको मात्रै कारोबार भएको देखिएको छ ।

आज ३ अर्बमाथिको कारोबार हु्ँदा सर्वाधिक एटटिसीको भएको छ । कम्पनीको आज २१ करोड ४९ लाख ६७ हजरा ४२१ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ७८ लाख, जीवन विकास लघुवित्तको ११ करोड २२ लाख, हिमालयन डिस्टीलरीको १० करोड ४१ लाख र आइसिएफसि फाइनान्सको १० करोड २९ लाख रुपैयाँ भन्दा मािथको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*