भोलिबाट आउँदैछ नेष्डो समृद्ध लघुवित्तको आईपीओ, कस्तो छ वित्तीय अवस्था ?

१० फाल्गुन २०७८, मंगलवार ११:५६

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले भोलि फागुन ११ गतेबाट सर्वसाधारणको लागि आईपीओ जारी गर्दैछ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ।

संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गर्नेछ। बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ।

यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गते बैंकिङ समयपछि हुने भनिएको छ।

संगठित संस्थाको स्थापनाकाल देखि हाल सम्मको संक्षिप्त इतिहास र मूुख्य उद्देश्यहरु :

यस वित्तीय संस्था कम्पनी ऐन, २०६३ अन्तर्गत मिति २०७४ साल चैत्र २८ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा (दर्तानं. १८७५३२/०७४/७५) दर्ता भएको हो संस्थाले मिति २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकवाट (इजाजत नं.: ने.रा.बैंक/ई.प्रा./“घ”/०८७/०७५/७६) “घ” वर्गको वित्तीय कारोवार गर्ने इजाजत प्राप्त गरेको छ ।

विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आईरहेको लघुवित्तीय गैर सरकारी संस्था “राष्ट्रिय शैक्षिकतथा सामाजिक विकास संस्था, नेष्डो नेपाल” ले गर्दै आई रहेको सम्पूर्ण लघुवित्तीय कारोवार मिति २०७५ फाल्गुण २१ गते देखि यस वित्तीय संस्थामा हस्तान्तरणभएसँगै सो मिति देखि यस संस्थाले “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा कारोबार सञ्चालन गर्दै आएको छ । यस वित्तीय संस्थाका संस्थापकहरुमा विभिन्न बैंक तथा वित्तीय संस्था तथा बैंकिङ्ग क्षेत्र, सरकारी क्षेत्र, गैरसरकारी क्षेत्र, शैक्षिक क्षेत्र, कृषि, उद्योग तथा व्यापार क्षेत्र एवम् व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तिहरु रहेका छन् ।

वित्तीय संस्थाको मुख्य उद्देश्यः ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न समुदायका विशेष गरी महिलाहरुलाई बिना धितो सामुहिक जमानीमा ऋण उपलब्ध गराई उनीहरुलाई उत्पादनमुलक कामको लागि प्रोत्साहन गरी उनीहरुको पारिवारिक जिवनस्तरमा सुधार ल्याउने र उनीहरुलाई समाजमा स्थापित गराउने उद्देश्य संस्थाको रहेको छ ।ती विपन्न परिवारका महिला तथा पुरुषहरुलाई वित्तीय रुपले साक्षर बनाउँदै ससानो उद्यम, कृषि उत्पादन, व्यापार व्यवसाय सञ्चालन गर्न, आयस्रोत, पेशा र व्यवसायकाआधारमा सानो रकम लगानी गरी उत्पादनमुलक काममा सरिक गराई उनीहरुलाई स्वरोजगार र आर्थिक रुपले सबल बनाई सिर्जनशील र स्वावलम्बी समाज निर्माणमा सघाउनु यस वित्तीय संस्थाको मुख्य उद्देश्यले संचालनमा ल्याएको हो ।

यसका अलावा वित्तीय संस्थाको प्रबन्धपत्रको दफा (४) तथा नियमावलीको नियम (४) मा उल्लेख गरिए बमोजिम नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ कम्पनी कानुन तथा अन्य प्रचलित कानुनका अधिनमा रही लघुवित्त कारोबार गर्ने यस वित्तीय संस्थाको मुख्य उद्देश्यहरु देहाय बमोजिम रहेको देखिन्छ ।
(क) वित्तीय संस्थाको निक्षेपकर्ताको हक हितको संरक्षण र सम्बद्र्धन गर्दै स्वस्थ्य प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो वित्तीय मध्यस्थता सेवा
उपलब्ध गराउने,
(ख) कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यवसायिक रुपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवम् उत्पादकत्व
वृद्धिका लागि आवश्यक वित्तीय साधन आन्तरिक तथा बाह्य श्रोतबाट जुटाई देशको औद्योगिक, व्यापारिक एवम् कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन
सहयोग पुयाउने,
(ग) उपलब्ध सीप, श्रम तथा पूँजीलाई उचित परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा उत्पादन एवम् रोजगारीमुलक व्यवसायको स्थापना, सञ्चालन, विकास,
विस्तार एव्म प्रबद्र्वन गर्ने र सो कार्यको लागि आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई
गरिबी निवारणका लागि सक्रिय रुपमा संलग्न भई सहयोग पु¥याउने,
(घ) वित्तीय सेवामा जोखिम कम गर्दै वित्तीय क्षेत्रको उदारिकरणमा मद्दत पु¥याई देशको अर्थतन्त्रलाई सबल र सुदृढ बनाउन सहयोग पुयाउने, र
(ङ) देशको समग्र वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न सेवा विस्तार, प्रचार प्रसार लगायतका क्रियाकलाप मार्फत सहयोग पुयाउने

संस्थाको पूजी संरचना सम्बन्धी विवरण :

अधिकृत पूँजी : वित्तीय संस्थाको अधिकृत पूँजी रु.५०,००,००,०००/ (अक्षरेपी पचास करोड मात्र) रहेको छ । उक्त पूँजीलाई रु.१००÷ का दरले ५०,००,००० (पचास लाख) थान शेयरमा विभाजन गरिएको छ ।

जारी पूँजी : वित्तीय संस्थाको जारी पूँजी रु.२५,५०,००,०००/ (अक्षरेपी पचीस करोड पचास लाख मात्र) रहेको छ । सो पूँजीलाई रु.१००÷ का दरले २५,५०,००० (पचीस लाख पचास हजार) थान साधारण शेयरमा विभाजित गरिएको छ ।

चुक्ता पूँजी : वित्तीय संस्थाको हाल चुक्ता पूँजी रु.१७,२१,२५,०००/ (अक्षरेपी सत्र करोड एक्काइस लाख पच्चीस हजार मात्र) रहेको छ । वित्तीय संस्थाको आफ्नोजारी पूजी मध्ये रु.१७,२१,२५,०००/ (अक्षरेपी सत्र करोड एक्काइस लाख पच्चीस हजार मात्र) संस्थापक शेयरधनीहरुबाट चुक्ता भईसकेको तथा बाँकी रहेको ८,२८,७५० (अक्षरेपी आठ लाख अट्ठाइस हजार सात सय पचास) कित्ता बराबर रु.८,२८,७५,०००/ (अक्षरुपी आठ करोड अठ्ठाईस लाख पचहत्तर हजार रुपैयाँ मात्र) को धितोपत्र सार्वजनिक निष्कासनद्वारा सर्वसाधारणमा निष्कासन गरी बाँडफाँट गरे पश्चात् वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५,५०,००,०००/ रहेको छ।

 

साधारण शेयर निष्कासन गरी प्राप्त हुने पूँजी :

साधारण शेयर निष्कासन गरी प्राप्त हुने पूँजी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावली र अन्य प्रचलित कानुन बमोजिम घ वर्गका वित्तीय संस्थाले गर्न पाउने कार्यको अधिनमा रही वित्तीय संस्थाको लघुवित्त उद्यम कार्यक्रम सञ्चालन र विस्तारमा उपयोग गरिनेछ ।
साधारण शेयर निष्कासन गरी प्राप्त हुने पूँजी वित्तीय संस्थाको नियमित लघु वित्तीय कार्यक्रम एवं आर्थिक कारोबारमा लगाइने छ, जसको विवरण देहाय अनुसार रहेको छ ।

कम्पनीको वित्तीय अवस्था :

संस्थाले आर्थिक वर्ष २०८०र८१ मा खुद नाफा ५९ करोड ४३ लाख रुपैयाँ हुने अनुमान गरिएको छ। चालु आवमा कम्पनीको नाफा २६ करोड २६ लाख रुपैयाँ र आउँदो आवमा ४१ करोड ४ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।

यसैगरी संस्थाले आर्थिक वर्ष २०८०र८१ मा खुद ब्याज आम्दानी १ अर्ब १२ करोड रुपैयाँ हुने अनुमान गरिएको छ। चालु आवमा कम्पनीको यस्तो आम्दानी ५० करोड ७० लाख रुपैयाँ र आउँदो आवमा ७७ करोड ३४ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।

संस्थाले आर्थिक वर्ष २०८०र८१ मा सञ्चालन मुनाफा ९२ करोड ७७ लाख रुपैयाँ हुने अनुमान गरिएको छ। चालु आवमा कम्पनीको यस्तो मुनाफा ४० करोड ६५ लाख रुपैयाँ र आउँदो आवमा ६३ करोड ८६ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।

आव २०८०र८१ सम्म निष्क्रिय कर्जा दर ९एनपीएल० १।९४ प्रतिशतमा झर्ने प्रक्षेपण संस्थाको छ। चालु आवमा एनपीएल ४।२७ प्रतिशत र आगामी आवमा २।७८ प्रतिशत रहने संस्थाको अनुमान छ। हाल संस्थाले ५६ वटा शाखा कार्यालयहरुबाट ७८ हजार ५४ सदस्यलाई लघुवित्त सेवा दिँदै आएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*