प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा चैत ६ गते

१० फाल्गुन २०७८, मंगलवार ११:४६

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको फागुन ९ गते बसेको संचालक समितिको बैठकले सभा चैत ६ गते होटल रडीसन, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ । साथै नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता अनुसूचीहरुमाथि छलफल गरी पारित गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सोहीअनुसार यसपटक सो कम्पनीका शेयरधनीहरुको हात खाली हुनेछ । साधारण सभाले अन्य प्रस्तावहरु भने छलफल गरि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*