प्राइम कमर्सियल बैंकको सस्थापक शेयर बिक्रीमा
१० फाल्गुन २०७८, मंगलवार ११:०७
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीका ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको मूल्य र न्यूनतम मुल्य भने तोकेको छैन ।
उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधिमा कुनै पनि आवेदन नपरेकाले अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ सस्थाले सूचना प्रकाशित भएको मितिले (फागुन १० गते) १५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको कम्पनी सचिव कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।