महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन ?

१० फाल्गुन २०७८, मंगलवार १०:४९

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ हजार कित्ता संस्थापक शेयर बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीका संस्थापक शेयरधनी बिजुली प्रसाद चौधरीले आफ्नो नाममा रहेको ५ हजार कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णसवरण ६ सप्तरीमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवभि भित्र कुनै पनिन आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*