फागुन पहिलो साता एक अर्ब निक्षेप बढ्यो

९ फाल्गुन २०७८, सोमबार १६:५४

काठमाडौं । फागुनको पहिलो साता लागेसँगै वाणिज्य बैंकहरुको निक्षेप बढेको छ। नेपाल बैंकर्स एसोसिएसनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको छ ।

गत माघ २९ गतेसम्म ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप फागुन ६ गतेसम्म बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी पनि फागुनको पहिलो साता ४ अर्ब रुपैयाँले बढेको छ। गत माघ २९ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ५५ अर्ब रुपैयाँ रहेकोमा फागुन ६ गतेसम्म बढेर ४१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*