नेपाल राष्ट्र बैंकको तीनवटा विकास ऋणपत्र सूचीकृत

९ फाल्गुन २०७८, सोमबार १६:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र सूचीकृत भएको छ । राष्ट्र बैंकको तीनवटा विकास ऋणपत्रहरु आज नेप्सेमा सूचीकृत भएको हो ।

बैंकका तर्फबाट माघ १२ गते निष्काशन भएको ५.७४ प्रतिशत ब्याजदर रहेको २ वर्षे अवधिको ‘२०८० ङ’ नामक १० अर्ब रकमको विकास ऋणपत्र, माघ १७ मा निष्काशन भएको ४ वर्षे अवधिको ५.७२ प्रतिशत ब्याजदर रहेको ‘२०८२ ‘ङ’ नामक १० अर्ब रकम बराबरको विकास ऋणपत्र र माघ २६ गते निष्काशन भएको ‘२०८० ‘च’ नामक २ वर्षे अवधिको ५.६५ प्रतिशत ब्याजदर रहेको ९ अर्ब ५० करोड रकमको विकास ऋणपत्र आज सूचीकृत भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*