दुई कम्पनीको थप १ करोड ८४ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत

९ फाल्गुन २०७८, सोमबार १६:०४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडको बोनस शेयर आज सूचीकृत भएको हो ।

नेपाल बैंकको १४ प्रतिशतका दरले हुने १ करोड ७६ लाख ९१ हजार ४६२ कित्ता र गुडविल फाइनान्सको ९.१ प्रतिशतका दरले हुने ७ लाख ८९ हजार १५२ कित्ता बोनस शेयर आज सूचीकृत भएको हो ।

सो पश्चात् उक्त कम्पनीको बोनस शेयर भोलिदेखि नै लगानीकर्ताहरुले खरिदबिक्री गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*