हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक कमाए, कुनले कति ?

९ फाल्गुन २०७८, सोमबार १५:१५

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सुधार आएको छ । हिजो ३९ अकंले घटेको नेप्से आज भने २५.४१ अकंले बढेको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच हुदाँ २ करोड ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँको कारोबार भएको छ । आज अधिकांश हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ।

शेयर बजारमा हरीयाली छाँउदा दुई कम्पनीको शेयरमा सर्किट लागेको छ । आज यूनाइटेड इदि मार्दी आरबि हाइड्रोपावर र गुराँस लघुवित्तकोे शेयरमा भने सर्किट लागेको छ ।
त्यस्तै, नेपाल हाइड्रो डेभलोपरको ७.१९ प्रतिशत, बुद्धभुमि नेपाल हाइड्रोपावरको ६.७२ प्रतिशत, साहास उर्जाको ६.१२ प्रतिशत, एनआरएन इन्फ्रस्ट्रचर एण्ड डेभलपमेण्टको ५.३७ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको ४.८९ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*