यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
९ फाल्गुन २०७८, सोमबार १५:०९
काठमाडौ । साताको दोस्रो दिन शेयरबजारमा सुधार देखिएको छ । पहिलो दिन नै ३९ अंकले घट्न पुगेको नेप्से परिसूचक आज २५ अंकले बढ्न पुगेको छ ।
नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन ३९ अंकले शेयरबजार घटेपनि ४ अर्बमाथिको कारोबार भएको थियो भने आज २५ अंकले बढ्दा २ अर्बमा कारोबार खुम्चिन पुगेको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक एनटिसीको भएको छ । कम्पनीको आज एकैदिन २६ करोड ५० लाख १३ हजार ५६० रुपैयाँको कारोबार भएको ।
त्यस्तै, जीवन विकास लघुवित्तको २६ करोड ३ लाख, अरुण भ्याली हाइड्रोपावरको १० करोड १८ लाख, अपि पावरको ९ करोड ५० लाख र नेशनल हाइड्रोपावरको ८ करोड ५६ लाख माथिको कारोबार भएको छ ।