जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा खर्चिए ७ अर्ब ८५ करोड रुपैयाँ, ६ कम्पनीको घट्यो (तथ्याङ्क सहित)

९ फाल्गुन २०७८, सोमबार १४:४४

काठमाडौं । जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई कमिशन वापत ७ अर्ब ८५ करोड रुपैयाँ खर्चिएका छन् । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा अभिकर्ताहरुले पाउने कमिशन ९ प्रतिशतले बढेर ७ अर्ब ८५ करोड ३९ लाख ८२ हजार रुपैयाँ पुगेको कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणले देखाएको छ।

यस अवधिमा अभिकर्तालाई सबैभन्दा बढी कमिशन नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ८४ करोड ४६ लाख ८२ हजार रुपैयाँ कमिशन दिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३.९७ प्रतिशतले कम हो ।

गत आवको सोही अवधिमा नेपाल लाइफमा आवद्ध भएका अभिकर्ताले कमिसन वापत एक अर्ब ९२ करोड ८ लाख ७७ हजार रुपैयाँ बुझेका थिए ।लाइफ इन्स्योरेन्स कर्पोरेसनले अभिकर्ताका लागि ९१ करोड ९६ लाख रुपैयाँ कमिसन दिएको छ । यस कम्पनीको पनि अभिकर्ता कमिसन गत वर्षको यसै अवधिको तुलनामा ९.२६ प्रतिशतले घटेको हो ।गत आवको सोही अवधिमा कम्पनीले अभिकर्ताका लागि एक अर्ब एक करोड ३५ लाख रुपैयाँ कमिसन दिएको थियो ।

नेशनल लाइफले अभिकर्ता कमिसन २३ प्रतिशतले बढाएको छ । नेशनल लाइफका अभिकर्ताले ७५ करोड ४१ लाख रुपैयाँ बुझेका छन् । गत वर्ष ६१ करोड १८ लाख रुपैयाँ कमिसन लिएका थिए ।
युनियन लाइफले अभिकर्ता कमिशनमा ६४ करोड ८८ लाख रुपैयाँ खर्च गरेको छ ।सिटिजन लाइफले अभिकर्ता कमिसन खर्च ५९.८५ प्रतिशतले बढाएर ४१ करोड ८६ लाख रुपैयाँ पुराउन सफल भएको छ ।
यस अवधिमा सूर्या लाइफले अभिकर्ता कमिसन २२ प्रतिशतले बढाएको छ । यस अवधिसम्ममा कम्पनीले अभिकर्ताहरुलाई ३१ करोड ५७ लाख रुपैयाँ अभिकर्ता कमीशन बुझाएका छन् ।
रिलायबल नेपाल लाइफले ६४ प्रतिशत, आईएमई लाइफले २० प्रतिशत, ज्योति लाइफले ९ प्रतिशत, रिलायन्स लाइफले १९ प्रतिशत, रिलायन्स लाइफले १९ प्रतिशतले सन नेपाल लाइफले २० प्रतिशतले, सानिमा लाइफले २० प्रतिशतले, प्रभु लाइफले ७७ प्रतिशतले र महालक्ष्मी लाइफले ४१ प्रतिशतले बढाएका छन् ।

६ कम्पनीको अभिकर्ता कमीशन घट्यो
दोस्रो त्रैमाससम्मको अवधिमा ६ कम्पनीको अभिकर्ता कमीशन घटेको छ ।दोस्रो त्रैमाससम्ममा नेपाल लाइफको अभिकर्ता कमिशन ४ प्रतिशतले घटेको छ ।

एलआइसी नेपालको ९.२६ प्रतिशतले, मेट लाइफको २.५२ प्रतिशतको, प्राइम लाइफको २.०५ प्रतिशत, गुराँस लाइफको ४१.१७ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको ३४.०९ प्रतिशतले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*