सिद्धार्थ बैंक र कलार्क्स रिसोर्टबीच छुट सम्बन्धी सम्झौता

९ फाल्गुन २०७८, सोमबार १२:३७

काठमाडौं । सिद्धार्थ बैंक र कलाक्र्स रिसोर्टबीच छुट सम्बन्धी सम्झौता भएको छ । वीरगञ्जको गण्डक स्थित उक्त रिर्सोटसँग बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका वीरगञ्ज शाखाका शाखा प्रबन्धक बाबु राम न्यौपाने र रिर्सोटका महाप्रबन्धक राजेश रन्जनले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि बैंकका ग्राहकले रिर्सोटमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ वा इन्टरनेट बैैंकिङ प्रयोग गरे बापत होटल बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*