नेप्सेद्धारा सूचीकृत संगठित संस्थाको वर्गीकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन आह्वान
९ फाल्गुन २०७८, सोमबार ११:१८
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको वर्गीकरणका लागि सूचीकृत कम्पनीहरुलाई आवश्यक विवरण उपलब्ध गराउन आह्वान गरेको छ ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनिमय ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण गर्नुपर्ने व्यवस्था भएकोले नेप्सेले उपलब्ध गराएको फारम भरी फागुन २३ गतेभित्र प्राप्त हुनेगरि वा नेप्सेको इमेल मार्फत उपलब्ध गराउन अनुरोध गरेको छ ।
फारमको लिङ्क : http://www.nepalstock.com/uploads/files/news/910b3d4c2d3a32903e18e8dd641bef9c.pdf