काठमाडौंमा फेरि हिउ पर्यो, चन्द्रागिरी, शिवपुरी, नगरकोट सबै सेताम्मे

९ फाल्गुन २०७८, सोमबार ०७:५२

काठमाडौं । हिजो राति परेको पानीसँगै राजधानी काठमाडौंको चन्द्रागिरीसहितका चारै भन्ज्याङ्मा भारी हिमपात भएको छ । हिजो पोखरामा भिषण असिना पानी समेत परेको थियो । आइतबार राति परेको पानीसँगै काठमाडौको चन्द्रागिरी, शिवपुरी, रानीपौवा, भक्तपुरको नगरकोट तथा ललितपुरको पुल्चोकीमा भारी हिमपात भएको छ ।

त्यस्तै मकवानपुरको सिमभन्ज्याङमा पनि भारी हिमपात हुँदा सडक अबरुद्ध हुन पुगेको छ । हिमपातका कारण काठमाडौंको अत्याधिक चिसो बढेको छ ।

भारी हिमपातसँगै उच्च पहाडी डाँडामा हिउ खेल्नेहरुको चहल पहल सुरु भएको छ । यद्यपि आज विदा नभएकोले हिऊ रहर भएका कामकाजी मानिसहरूले मिस गर्नेछन् ।

बाक्लो हिमपात भएपनि फागुनकाे दाेस्राे साता गर्मी बढिसकेकाेले चाडै पग्लिने देखिएको छ । चन्द्रागिरीमा हिमपात भएसँगै केवलकारमा बुक गर्नेहरु ह्वात्तै बढिसकेको छ ।

फागुन महिनामा काठमाडौं उपत्यका आसपासमा विरलै हिउ पर्ने गर्दछ । यस वर्ष यो काठमाडौं उपत्यकाका डाँडाहरुमा हिउ परेको यो तेस्रो पटक हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*