बोटलर्स नेपालद्धारा पुरानो लाभांश बुझिलिन आग्रह
८ फाल्गुन २०७८, आईतवार १६:२०
काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले पाँच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको हो ।
कम्पनीको २०७३ पुस ११ गते सम्पन्न ३० औं वार्षिक साधारण सभाबाट पारित लाभांश सम्बन्धीत शेयरधनीहरुले पाँच वर्ष पुगिसक्दा पनि लिन नआएको कम्पनीले जनाएको जनाएको छ । हालसम्म लाभांश रकम नलिएका शेयरधनीहरुले १ महिनासम्म कम्पनी शेयर रजिष्ट्रारको कार्यालय श्री नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नारायणचौर नक्साल काठमाडौं सम्पर्क राख्न सक्नेछन् ।
साथै, तोकिएको अवधिसम्म लाभांश नलिएको खण्डमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।