अन्ततः नाराबाजीका बीच एमसीसी संसदमा टेबुल

८ फाल्गुन २०७८, आईतवार १४:२२

काठमाडौं । चर्को नाराबाजीका बीचमा आज प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल गरिएको छ ।

आज अर्थमन्त्रालयको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबुल गरिरहँदा संसदमा माओवादी, एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए । नेमकिपाका सांसद सुनिल प्रजापति, माओवादी केन्द्रका प्रमुख सचेतक देव प्रसाद गुरुङ, जनमोर्चाका दुर्गा पौडेलले राष्ट्रघाती एमसीसी प्रस्तुत नगरी फिर्ता पठाउन माग गरेका थिए ।

एमसीसी परियोजना अन्तर्गत ५० करोड डलर रुपैयाँ खर्च गर्ने प्रस्ताव कार्कीले संसदमा पेश गरेका छन् । यसैबीच, अर्थमन्त्री जनार्दन शर्माले एमसीसी संसदमा पेश गर्न अस्वीकार गरेका छन् । आजको बैठकमा अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि सरकारले सञ्चार मन्त्रीमार्फत एमसीसी संसदमा टेबुल गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*