बम्पर लाभांश घोषणा गरेसँगै जीवन विकास लघुवित्तमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

८ फाल्गुन २०७८, आईतवार १५:०९

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा गिरावट आएको छ । अघिल्लो साता घटबढ भएको शेयरबजारमा यस साताको पहिलो दिन पनि ३९ अंकले गिरावट आएको छ ।

नेप्सेमा सूचीकृत २३० कम्पनीको ७१ लाख २१ हजार ६३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ६० लाख ८ हजार ४४ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजार घटेसँगै कारोबार समेत ४ अर्बमा खुम्चिन पुगेको छ । गत साताको कारोबारको अन्तिम दिन ३ अर्बमा खुम्चिएको कारोबार आज केही हदसम्म बढ्न पुगेको छ ।

सोही रकम बराबरको कारोबार हुँदा सर्वाधिक जीवन विकास लघुवित्तको भएको छ । कम्पनीको आज एकैदिन ५८ करोड २ लाख २३ हजार ४५० रुपैयाँको कारोबार भएको छ । कम्पनीले आज बम्पर ७३ प्रतिशत लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरु सो कम्पनीमा झुम्मिएका हुन् ।

त्यस्तै, दोस्रोमा एनटिसीको १९ करोड २ लाख, तेस्रोमा अरुण भ्याली हाइड्रोपावरको १७ करोड १२ लाख, अपि पावरको १६ करोड ५९ लाख र हिमालयन डिस्टिलरीको १५ करोड ३८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*