गोल्डस्टार जुत्तामा छुट दिने गरी लाइफ स्टाइल एन्टरनेसनलले गरिमा विकास बैंकसँग सम्झौता
८ फाल्गुन २०७८, आईतवार १२:४२
काठमाडौं । गरिमा विकास बैंक र लाइफ स्टाइल इन्टरनेसनलबीच गोल्ड स्टार जुक्तामा छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले नेपालकै पुरानो जुत्ता निर्माता गोल्डस्टारसँग बिशेष छुटसम्बन्धी समझदारी गरेको हो ।
सम्झौता पश्चात बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई कमर्स साइटबाट कुनै पनि जुत्ता खरिद गरी गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यो छुट योजना गोल्डस्टारको आधिकारिक ई कमर्स साइटबाट कुनै पनि जुत्ता खरिद गर्दा लागू हुने कम्पनीले जनाएको छ ।