ओरियन्टल इन्स्योरेन्सको खुद नाफामा आकर्षक सुधार, अन्य सूचक कस्तो ?

८ फाल्गुन २०७८, आईतवार १२:४६

काठमाडौं । ओरियन्टल इन्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार इन्स्योरेन्सले चालु आवको पुष मसान्तसम्ममा उत्कृष्ट बीमा व्यवसाय गर्न सफल भएको छ ।

यस अवधिसम्ममा कम्पनीले ६९ करोड १२ लाख २५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । जुन गत आवको तुलनामा २६.९९ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा इन्स्योरेन्सले ५४ करोड ४३ लाख १६ हजार रुपैयाँ मात्रै कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कुल बीमा शुल्कमा उत्कृष्ट सुधार सँगै इन्स्योरेन्सले चालु आवको ६ महिनाको अवधिसम्ममा कोषहरुको आकारमा पनि उल्लेख्य सुधार गर्दै प्रसंशनीय रकम संचिती गर्न सफल भएको छ । गत आवको पुष मसान्तसम्ममा ७९ करोड ५६ लाख रुपैयाँ बीमा कोषमा संचिती गरेकोमा इन्स्योरेन्सले यस अवधिसम्ममा ३५ प्रतिशतले बृद्धि गरी १ अर्ब ७ करोड ८२ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।

त्यस्तै जगेडा कोषमा समेत ४७५ प्रतिशतले बृद्धि भएर कम्पनीले २४ करोड ८२ लाख रुपैयाँ संचित गरेको छ । गत आवको यसै अवधिसम्ममा इन्स्योरेन्सको जगेडा कोषमा ४ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

यस अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमा शुल्क समेत १० प्रतिशतले बढेर ४० करोड १७ लाख रुपैयाँबाट ४४ करोड ३५ लाख रुपैयाँ पुगेको छ । यस्तै, समिक्षा अवधिसम्ममा कम्पनीको खर्च सँगै आयमा पनि बृद्धि भएको छ । जसकारण कम्पनीको नाफा बढ्न पुगेको छ ।

चालु आवको पुष मसान्तसम्ममा इन्स्योरेन्सको व्यवस्थापन खर्च १३ प्रतिशतले बढेर ६ करोड २९ लाख पुगेको छ भने लगानी, कर्जा अन्यबाट प्रााप्त आय २२.६१ प्रतिशतले बढेर ८ करोड ४१ लाख रुपैयाँबाट १० करोड ३१ लाख रुपैयाँ पुगेको छ । खर्च बढेपनि आम्दानीमा उत्कृष्ट सुधार भएसँगै कम्पनीले यस अवधिसम्ममा उल्लेख्य नाफा आर्जन गर्न सफल भएको हो ।

चालु आवको ६ महिनाको अवधिसम्ममा कम्पनीको खुद नाफा ३० गुणाले बढेर २१ करोड ७१ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा इन्स्योरेन्सले जम्मा ७१ लाख ५४ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । यस अवधिसम्ममा कम्पनीको खुद दाबी भुक्तानी ३२ प्रतिशतले घटेर १६ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने जारी बीमा पोलिसी संख्या १८ हजार ४०२ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*