नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीले के–केमा प्रगति गरे, कुनको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुले अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।
नेप्से सूचीकृत हाल १२ कम्पनीहरुमध्ये नेपाल लाइफको अग्रता नै कायम रहेको छ । फुयुचर प्रोभिजनको कारण नेपाल लाइफको खुद मुनाफा घटेको छ भने अन्य सूचकमा नेपाल लाइफ नै अगाडि रहेको कम्पनीहरुले प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश कम्पनीको खुद बीमाा शुल्क र जीवन बिमा कोषको आकार बढेको छ । तथापि, धेरै कम्पनीको खुद नाफा भने घटेको छ । समग्रमा जीवन बिमा कम्पनीहरुको खुद नाफा २५ प्रतिशतले घटेको छ ।
हेरौं, कुन बीमा कम्पनीको अवस्था कस्तो छ ?
चुक्ता पूँजी सबैभन्दा धेरै सात अर्ब १९ करोड रुपैयाँ रहेको नेपाल लाइफको बीमा व्यवसायको मुख्य श्रोत खुद बीमाशुल्क आर्जन र जीवन बीमा कोषमा मात्रै अग्रता राख्न सकेको छ । खुद नाफामा भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ ।
नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरु सानिमा लाइफ, प्रभु लाइफ, र गुराँस लाइफ कमजोर देखिएका छन् ।पुराना कम्पनीहरूमा भने गुराँस लाइफ इन्स्योरेन्स कमजोर देखिएको छ।
चुक्ता पुँजीको आधारमा
दोस्रो त्रैमासमा समग्रमा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ११ प्रतिशतले बढेर ३३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी नेपाल लाइफ इन्स्योरेन्स कमपनीको ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ छ ।एक वर्षको अवधिमा ८ कम्पनीको चुक्ता पुँजी बढेको छ भने ४ कम्पनीको पुँजी गत वर्षकै यथावत छ । गत वर्ष आइपीओ जारी गरेका ३ कम्पनीको चुक्ता पुँजी समग्रमा ४२.८६% ले बढेको छ ।
नेपाल लाइफ पछि नेशनल लाइफको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ छ ।त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल), नेशनल लाइफ, यूनियन लाइफ, एशियन लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, गुराँस लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ र प्रभु लाइफले चुक्ता पुँजी पुराईसकेका छन् ।
जीवन बीमा कोषको आधारमा
पुस मसान्तसम्म समग्रमा जीवन बीमा बढेर ३ खर्ब ५२ अर्ब रुपैयाँ छ । अघिल्लो वर्षको यसैअवधिमा जीवन बिमा कम्पनीहरुको जीवन बीमा कोषमा २ खर्ब ८३ अर्बरुपैयाँ थियो ।
सबैभन्दा धेरै जीवन बीमा कोष नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ।
कम्पनीको जीवन बिमा कोष २३ प्रतिशतले बढेर १ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । यसअवधिमा १२ वटै कम्पनीको जीवन बिमा कोषको आकार बढेका छ ।
खुद बीमा शुल्कको आधारमा
जीवन बिमा कम्पनीहरुको खुद बिमा शुल्क आर्जन ९ प्रतिशतले बढेर ५३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा खुद बिमा शुल्क आर्जन ४८ अर्ब ९५ करोड ७६ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
सूचीकृक कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमाशुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क वापत १८ अर्ब ११ करोड ३ लाख १६ हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा गुराँस लाइफ बाहेक अरु जीवन बीमा कम्पनीको खुद बीमा शुल्क बढेको छ ।
खुद मुनाफाको आधारमा
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा समग्रहमा सूचीकृत जीवन बीमा कम्पनीहरुको समग्र खुद नाफा २५ ले घटेर १ अर्ब ३४ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा जीवन बीमा कम्पनीहरुले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरको थियो ।
यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यसले १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
दोस्रोमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा कम्पनीले यस त्रैमाससम्ममा १५ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
त्यस्तै, सबैभन्दा कम मुनाफा प्रभु लाइफको रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ६ करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
प्रतिसेयर आम्दानीमा एशियन लाइफ अगाडि
पुस मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ।कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३५ पैसा छ । यसअवधिमा ९ कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ भने ३ कम्पनीको प्रतिशेयर आम्दानी बढेको छ ।
अधिकांश कम्पनीले सार्वजनिक गरेको प्रतिशेयर आम्दानी बीमांकीय मूल्यांकन अघिको हो ।