अजोड इन्स्योरेन्सद्धारा चालु आवको लागि बाह्य लेखापरीक्षक नियुक्त

८ फाल्गुन २०७८, आईतवार ११:१७

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षणको कार्य गर्नको लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको हो ।

कम्पनीको फागुन ६ गते शुक्रबार युनाइटेड वल्ड ट्रेड सेन्टर, डिइसिसि, अमन हल तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाडौंमा भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न चौथो वार्षिक साधारण सभाद्धारा चालु आर्थिक वर्षको लागि बाह्य लेखापरीक्षकमा मदन निरौला एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*