खिलुङ कालिका काण्डमा नेपाल पुनर्बीमाबाट साढे तीन करोड भराउन माग गर्दै जनरल इन्स्योरेन्स कम्पनी बीमा समितिमा

८ फाल्गुन २०७८, आईतवार १०:५३

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले खिलुङ कालिका एग्रोमा मरेका साढे तीन करोड रुपैयाँ बराबरका कुखुराको दावी भुक्तानी नदिने निर्णयका विरुद्धमा जनरल इन्स्योरेन्स कम्पनी बीमा समितिमा गएको छ । जनरल इन्स्योरेन्स कम्पनीले खिलुङ कालिकाको दावी भुक्तानी नदिने नेपाल पुनर्बीमाको निर्णय दुई बीमक कम्पनीका बीचको ट्रिटी विपरित भएको भन्दै बीमा समितिमा उजुरी दिएको हो ।

जनरल इन्स्योरेन्स कम्पनीको उजुरीपछि बीमा समितिले आवश्यक प्रक्रिया अघि बढाएको छ । जनरल इन्स्योरेन्स कम्पनीको उजुरीपछि बीमा समितिले काटेको पत्र नेपाल पुनर्बीमा कम्पनीमा आईपुगेको सो कम्पनीले जनाएको छ ।

बीमा समितिले पनि नेपाल पुनर्बीमा कम्पनीलाई पत्र लेखेर ७ दिनभित्रमा जवाफ दिन भनेको छ । नेपाल पुनर्बीमा कम्पनीले खिलुङ कालिका बीमा नभई योजनाबद्ध तरिकाले गरिएको सेटिङ भएको निष्कर्ष निकाल्दै भुक्तानी नदिने निर्णय गरेको हो ।

प्राप्त कागजात तथा तथ्यहरुका आधारमा खिलुङ कालिका एग्रोका सञ्चालक खुमा प्रसाद अर्याल र जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष कुनाल कयालसहितको व्यक्तिहरुको संलग्नतामा योजनाबद्ध सेटिङमा गरिएको जनरल इन्स्योरेन्स कम्पनीकै एक उपसमितिले ठहर गरिसकेको छ । जनरल इन्स्योरेन्स कम्पनीले आफ्नै अध्यक्ष तथा जिम्मेवार कर्मचारीहरुको मिलेमतोमा सेटिङ भएकोले दामासाहीले असुल गर्ने निर्णय गरिएकोले बीमा समितिबाट समेत जनरल इन्स्योरेन्स कम्पनीको पक्षमा निर्णय हुने सम्भावना न्यून छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*