जीवन विकास लघुवित्तको ७३ प्रतिशत लाभांश दिने निर्णय, बोनस र नगद कति ?

८ फाल्गुन २०७८, आईतवार १०:२३

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले आइपीओ निष्काशन गरेको पहिलो वर्षमै गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको फागुन ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हालको चुक्तापूँजी ६० करोड ८४ लाख रुपैयाँको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश गरी कुलन ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त पाएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*