समृद्धि फाइनान्सको हकप्रद आजदेखि बिक्री खुल्ला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद आज (फागुन ८ गते)देखि निष्काशन भएको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद आजदेखि बिक्री खुला गरेको हो ।
कम्पनीले हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर जारी गरेको हो ।
उक्त हकप्रद निष्कासनका लागि कम्पनीले पुुस ११ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शेयर कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।
हकप्रदमा फागुन ८ देखि २९ गते बैंकिङ समयसम्म मेरो सेयरको मोबाइल एप, वेवसाइट, बिक्री प्रबन्धक बीओके क्यापिटल क्यापिटल मार्केट नक्साल तथा समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रदमा सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा बीओके क्यापिटल मार्केट लिमिटेडले रहेको छ ।