हिमालयन जनरल इन्स्योरेन्सको २८औं साधारण सभा फागुन ३० गते, कहिले हुँदैछ बुकक्लोज ?

८ फाल्गुन २०७८, आईतवार ०९:३०

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले सभा फागुन ३० गते कम्पनीको केन्द्रीय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको चुक्तापूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै अन्य कुनै कम्पनीलाई प्राप्ती वा एक आपसमा गाभिने प्रयोजनको लागि अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने र संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सभाको विशेष अनुसूची रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्युटीमा भएको परिवर्तनसम्बन्धि सम्पूर्ण अनुसूचीमाथि छलफल गरी पारित गर्नेछ । साथै आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीको साधारण सभा प्रयोजनार्थ र लाभांश वितरण प्रयोजनका लागि फागुन १६ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेको शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र कम्पनीको प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*