आजै मध्यरातिदेखि पेट्रोल र डिजेलको मूल्य बढाउने सरकारको निर्णय, इन्धनको नयाँ मूल्य कति ?

७ फाल्गुन २०७८, शनिबार २१:५२

काठमाडौं । केही पहिले मात्रै जनताको ढाड सेक्ने गरी इन्धनको मूल्यबृद्धि गरेको सरकारले आज मध्यरातिदेखि पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्ने निर्णय गरेको छ ।

सरकार नियन्त्रण नेपाल आयल निगमनले आज राति १२ बजेदेखि इन्धनको मूल्य बृद्धि गर्न निर्णय गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य अब प्रतिलिटर १४५ पर्ने भएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ तोकिएको छ । डिजेलको मूल्य यति धेरै पुुगेको यो पहिलो पटक हो ।

नयाँ मूल्यसूचि अनुसार हवाई इन्धन ११६ रुपैयाँ ग्याँस १५७५ रुपैयाँ मूल्य तोकिएको छ ।

एलपी ग्यासको मूल्य यथावत राखिएको छ । यसअघि निगमले माघ १८ गते पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा पुनः मूल्य गर्ने निर्णय अस्वीकार्य भएको राष्ट्रिय उपभोक्ता मञ्चमा अध्यक्ष प्रेमलाल महर्जनले बताए । उनले आम उपभोक्तालाई इन्धनको मूल्यबृद्धिको विरोधमा उत्रिनुपर्ने बेला आएको समेत बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*