जनरल इन्स्योरेन्स कम्पनीद्धारा साढे तीन करोड प्रोभिजन नगरिएको वित्तिय विवरण बीमा समितिमा पेश गर्ने तयारी

७ फाल्गुन २०७८, शनिबार १४:२५

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले अन्तिम स्वीकृतिको लागि वित्तिय विवरण बीमा समितिमा पेश गर्ने तयारी हुदैछ । जनरल इन्स्योरेन्स कम्पनीले आगामी केही दिनमा वित्तिय विवरण बीमा समितिमा पेश गर्ने तयारी गरेकाे हाे ।

खिलुङ कालिका एग्रोमा रहेका हजाराै कुखुराहरु भटाभट मर्न थालेपछि जनरल इन्स्योरेन्स कम्पनीमा सेटिङमा बीमा गरी पुनर्बीमा कम्पनीले भुक्तानी नदिई तीन करोड ५० लाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको थियो । जनरल इन्स्योरेन्स कम्पनी आफैले छानविन गर्दा दावी भुक्तानी तथा पुनर्बीमा उप समितिले अध्यक्ष कुनाल कयाल र अन्य कर्मचारीहरुबाट दामासाहीले रकम असुल गर्ने र सो काण्डमा संलग्नताहरुलाई निलम्वन गर्ने निर्णय गरेको थियो ।

जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष कुनाल कयालले साढे तीन करोड रुपैयाँ प्रोभिजन नगरी वित्तिय विवरण बीमा समितिमा पेश गर्ने तयारी गरेका छन् । *यसअघि अन्यथा पर्न गएकाेमा संशाेधन गरीएकाे छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*