राष्ट्र उत्थान लघुवित्तको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन

७ फाल्गुन २०७८, शनिबार ०९:३०

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवेदन दिने भोलि (फागुन ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ५० हजार कित्ता जारी गरेको हो ।

कम्पनीले जारी पूँजी २६ करोडको ३२.६५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख बराबर रकमको आईपीओ बिक्रि खुला गरेको हो । जसमध्ये कुल निष्काशनको ५ प्रतिशतले हुन आउने ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानीकोषको लागि छुट्टाईएको छ । त्यस्तै १३ हजार कित्ता सेयर कर्मचारी र बाँकी ७ लाख ९४ हजार ५ सय कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

आईपीओमा फागुन ४ गते देखि फागुन ८ गते बैंकिङ्ग कारोबार समयसम्ममा आवेदन सकिनेछ । उक्त आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा १८ गते निष्काशन बन्द हुने भनिएकोमा आवेदन भन्दा बढी माग भएसँगै फागुन ८ गते निष्काशन अवधि बन्द हुनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
उक्त आइपीओमा सि–आस्वा मान्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत् पनि आवेदकले आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*