ज्योति लाइफको आइपीओ जारी भएको पहिलो बर्षमै १०% बोनस शेयर प्रस्ताव पारित

६ फाल्गुन २०७८, शुक्रबार १७:४९

काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको । सभा आज वाटरफ्रन्ट रिर्सोट, लेकसाइड, पोखरा कास्कीमा सम्पन्न भएको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व.०७६/७७ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु र पेश गर्नुका साथै आ.व.०७६/७७ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ ।

साथै उक्त सभाले ज्योति लाईफले आफ्ना शेयरधनीहरुलाई सोही आवको संचित मुनाफाबाट १० प्रतिशतले हुन आउने २२ करोड बराबरको २२ लाख कित्ता बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस शेयर वितरणपछि ज्योति लाइफको चुक्तापूँजी २ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ ।

त्यस्तै, कम्पनीका सञ्चालकहरुमा संस्थापक शेयरधनी समूह–क तर्फ नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन, जयन्त कुमार अग्रवाल र साधारण शेयरधनी समुह–ख तर्फ कौशल नौलखा र प्रिया तायल चयन भएका छन् । साथै सञ्चालक समितिको अध्यक्षमा नन्द किशोर शर्मा मनोनित भएको तथ्य प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले जनाए ।

साथै २०७४ असोज ६ गतेबाट विधिवत् रूपमा जीवन बीमा क्षेत्रमा सेवाहरु प्रदान गर्दै अघि बढ्ने क्रममा ज्योति लाईफले आजको दिन सम्म १२८ शाखा।उपशाखा मार्फत सेवाग्राही हरुलाई सेवा पुर्याउदै आएको जानकारी समेत दिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*