इमर्जिङ नेपाल लिमिटेडको आइपिओले पहिलो कारोबारका लागि कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको साधारण शेयर (आइपीओ)ले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज कति पाउला भन्ने जिज्ञाषाको विषय बनेको छ । सो कम्पनीको शेयर प्राप्त गर्ने शेयरधनीहरुमा कम्पनीको आइपीओले कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलता पैदा भएको छ ।
उक्त कम्पनीको आईपीओले पहिलो कारोबारको लागि नेप्सेबाट १०५ रुपैयाँ ११ पैसादेखि देखि ३१५ रुपैयाँ ३३ ओपनिङ रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आव २०७७÷७८ को वास्तवित नेटवर्थ १०५ रुपैयाँ ११ पैसा रहेकाले उक्त रेञ्ज पाउने देखिएको हो । नेप्सेले पहिलो कारोबारको लागि जुनसुकै कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म मूल्यरेञ्ज तोक्ने भएकाले सो कम्पनीले उक्त रेञ्ज पाउने देखिएको हो ।
कम्पनीले आईपीओको बाँडफाँड फागुन ४ गते गरेको हो । उक्त बाँडफाँडमा ५१ हजार ६७० जनाले १० कित्ताका दरले शेयर पाएका हुन् । यसरी बाँडफाँड गरी बाँकी रहेको ८ कित्ता शेयर भने थप आठ जनाले एक कित्ता अर्थात ११ कित्ता शेयर पाएका थिए ।
कम्पनीको आईपीओमा कुल २३ लाख ३१ हजार २५८ जनाले आवेदन दिएका थिए । कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ११ हजार ११२ कित्ता शेयर कर्मचारीको लागि, २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।