मन्त्रिपरिषदद्धारा राष्ट्रिय बीमा संस्थान अध्यक्ष गंगाराम कँडेलको राजिनामा स्वीकृत

६ फाल्गुन २०७८, शुक्रबार १५:५०

काठमाडौं । हिजो बिहिवार बसेको नेपाल मन्त्रिपरिषदको बैठकले राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेलको राजिनामा स्वीकृत गरेको छ । संस्थानका अध्यक्ष कँडेलले गत महिना राजिनामा दिएका थिए ।

सरकारका प्रबक्ता सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हिजो बसेको मन्त्रिपरिषदका बैठकको १० वटा निर्णय सार्वजनिक गर्दै संस्थानका अध्यक्ष कँडेलको राजिनामा स्वीकृति भएको जनाएका हुन् । अध्यक्ष कँडेलको राजिनामा स्वीकृत भएसँगै संस्थानमा अध्यक्ष नियुक्तीको लागि बाटो खुलेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*