खल्ती एपले ल्यायो मेरो शेयर निःशुल्क नवीकरण गर्न सक्ने सुविधा

६ फाल्गुन २०७८, शुक्रबार ११:५०

काठमाडौं । खल्ती एपबाट मेरो शेयर निःशुल्क नवीकरण गर्न सकिने भएको छ ।यो अफर अन्तर्गत मेरो सेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण निःशुल्क गर्न पाउनेछन् ।

मेरो शेयर खाता नवीकरणको लागि ५० रुपैयाँ शुल्क लाग्ने गरेको छ । यस अफर अन्तर्गत खल्ती मार्फत भुक्तानी गर्दा भने १०० प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिने छ ।
यसमा अधिकतम क्यासब्याक १ वर्षको नविकरण रहेको छ तर प्रयोगकर्ताहरूले आगामी पाँच वर्षसम्मको लागि आफ्नो अकाउन्ट नवीकरण गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*