मुक्तिनाथ विकास बैंकको बोनस शेयर शेयरधनीको डिम्याट खातामा
६ फाल्गुन २०७८, शुक्रबार १०:५४
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।
बैंकको मंसिर २५ गते सम्पन्न भएको १५औं वार्षिक साधारण सभाबाट बैंकका शेयरधनीहरुलाई चुक्तापूँजीको १७.५७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भई हितग्राही खातामा पठाउन सुरु गरेको हो ।
बैंकले अभौतिक रुपमा शेयरधारण गरेका शेयरधनीहरुलाई फागुन २ गतेबाट डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको हो ।