आइएमई लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशबाट ३९ जना शाखा प्रमुख, कति चाहिन्छ शैक्षिक योग्यता ?

६ फाल्गुन २०७८, शुक्रबार ०९:३६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सातै प्रदेशबाट ब्रान्च म्यानेजर र विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले वागमती र गण्डकी प्रदेशका लागि स्टेट बिजनेश हेडमा २ जना, धनगढी र नेपालगंजका लागि एरिया ब्रान्च म्यानेजर २ जना, फाइनान्स डिपार्टमेन्टका लागि क्वालिफाइड।सेमि क्वालिफाइड सीए २ जना, माइक्रो इन्स्योरेन्स सेल्सअन्तर्गत टिम लिड एकजना, आइटि एक्ज्युकिटिभ एकजना र सातै प्रदेशबाट विभिन्न शाखाका लागि ३९ जना ब्रान्च म्यानेजर माग गरेको हो ।

कम्पनीले सो पदहरुको लागि न्युनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित फागुन २० गतेभित्र कम्पनीको इमेल  [email protected] मार्फत् आवेदन दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

One thought on “आइएमई लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशबाट ३९ जना शाखा प्रमुख, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. Bhim Bdr shahi says:

    Yes iam need a job.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*