आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

६ फाल्गुन २०७८, शुक्रबार ०९:१५

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर शेयर बिक्रीमा ल्याएको छ ।

संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयरहरुमध्ये आंशिक।पुरा शेयरहरु बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय बनेपा १० काभ्रेमा लिखित जानकारी गराउन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कुनै व्यक्ति वा संघ संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*