घरजग्गा, शेयरमा प्रवाह हुने कर्जामा कडाई गर्ने राष्ट्र बैंकको घोषणा

५ फाल्गुन २०७८, बिहीबार २०:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता समस्या समाधान गर्न घरजग्गा, शेयर धितोमा कर्जा तथा व्यक्तिगत घरजग्गा कर्जा, व्यक्तिगत हायरपर्चेज कर्जामा कडाई गर्ने निर्णय गरेको छ ।

केन्द्रीय बैंकले चालु आवको अर्धबार्षिक समीक्षा आज सार्र्वजनिक गर्दै घरजग्गा तथा शेयर धितो र व्यक्तिगत ओडी कर्जामा सीमा निर्धारण गर्ने निर्णय गरेको हो । यस सम्बन्धी सीमाबारे केन्द्रीय बैंकले निर्देशनमार्फत नियमन गर्नेछ ।

केन्द्रीय बैंकको यस्तो निर्णयसँगै अब घरजग्गामा बैंकहरुले लगानी गर्न पाउने छैनन् । मुलुक गम्भिर आर्थिक संकटमा फस्दै जान थालेपछि केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो । केन्द्रीय बैंकको निर्णयसँगै अब हायरपर्चेज, व्यक्तिगत कर्जा तथा घरजग्गा र रियलस्टेट कर्जा नियमनमा आउनेछ ।

स्टक मार्केटमा आजको निर्णयले विशेष प्रभाव पार्ने अनुमान गरिएको छ । यसअघिको ४–१२ को सीमा खारेज गर्न लगानीकर्ताहरुले माग गरिरहेको बेला केन्द्रीय बैंकले थप कडाई गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*