राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक, अन्तर बैंकको सापटीमा ब्याजदर बढाइयो

५ फाल्गुन २०७८, बिहीबार २०:०३

काठमाडौंद । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा आज सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुका बीचमा हुने अन्तर बैंक सापटीदर अधिकतम् ७ प्रतिशतको सीमासम्म खुल्ला गर्ने निर्णय गरेको छ । यसअघि पाँच प्रतिशतमा रहेको अन्तरबैंक सापटीको ब्याजदर चालु आवको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामार्फत ७ प्रतिशतमा पुर्याइएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्र्षिक समीक्षा गर्दै अन्तर बैंक सापटीमा ब्याजदर ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरेको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत कायम गरेको छ । यसअघि बैंकहरुले ५ प्रतिशत ब्यादरमा स्थायी तरलता सुविधा लिँदै आएका थिए । यस्तो व्यवस्थासँगै अब सबै क्षेत्रमा ब्याजदर थप बृद्धि हुने भएको छ ।

यस्तै नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरिएको छ । विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम राखिएको छ ।

 

monetary police half year review 2078

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*