राष्ट्र उत्थान लघुवित्तको आइपीओमा २३ गुणा बढीको आवेदन
काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओमा १ अर्ब ८६ करोड ८१ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझसम्म्मा २ लाख ६४ हजार ६९३ जनाले जनाले १ करोड ४९ लाख ८३ हजार २८ कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २३।५१ गुणा बढी आवेदन हो ।
कम्पनीले बुधबार ९फागुन ४ गते० बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५५ सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०।५५ कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरेको छ । रे