बिमितका परिवारलाई सूर्या लाइफद्धारा दाबी रकम हस्तान्तरण

५ फाल्गुन २०७८, बिहीबार १८:३१

काठमाडौं । । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले पश्चिम नवलपरासी सुनवलका एक विमितको मृत्यु भएकोले मृतकका घरपरिवारलाई विमाको रकम हस्तान्तरण गरेको छ ।कम्पनी लिमिटेडमा विमा गराएकी नवलपरासी सुनवल १ प्रगतिटोल निवासी राधा कुमारी बसेलको असामयिक निधन भए पछि वहाँका पति बोलराम बसेललाई कम्पनीले ३ लाख ६६ हजार ८ सय रुपियाँ विमा रकम हस्तान्तरण गरेको सुर्य लाईफ ईन्स्योरेन्स कम्पनी सुनवल शाखाकी प्रबन्धक विन्दु भण्डारीले बताए ।

सुनवल १ प्रगतिटोल निवासी राधा कुमारी बसेलले गत वर्ष असार दोस्रो हप्तामा सुर्य लाईफ ईन्स्योरेन्स कम्पनीमा विमा गर्नु भएको थियो । बसेलले ३ लाखको विमा गर्दाको समयको एक किस्ता मात्र २४ हजार ८०८ रुपियाँ रकम विमा कम्पनीलाई बुझाउनु भएको थियो ।

बीमा गरेको एक वर्ष पनि नवित्दै (दोस्रो किस्ता नबुझाउदै) राधा कुमारी बसेलको असामयिक निधन भए पछि वहाँका पति बोलराम बस्यालले विमाको सम्पुर्ण भुक्तानी पाउनु भएको हो । सुनवल स्थित सुर्य लाईफईन्स्योरेन्स कम्पनीको शाखा कार्यालयमा आयोजित एक कार्यक्रमका विच सुर्य लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक किरण गौतमले सो रकमको चेक विमितका परिवार सदस्य बोलराम बसेललाई हस्तान्तरण गर्नु भएको हो ।

विमितको कालगतिले मृत्यु भएको बिमितको परिवारलाई रकम हस्तान्तरण गरेको पाउदा मृतक राधा कुमारीका पति बोलराम बसेल हर्सित हुदै विमाले पैसा समयमा दिदैन भन्ने सुनको सबै गलत रहेको बताउनु भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*