आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद लाभांश कति ?

५ फाल्गुन २०७८, बिहीबार १७:०३

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनी संञ्चालक समितिको फागुन ५ गते अपरान्ह ३ः३० बजे बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनी संचालक समितिको बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ७ प्रतिशतले हुन आउने ७ प्रतिशतका दरले हुने आउने ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशतका दरले हुन आउने ४२ लाख ४६ हजार रुपैयाँ बराबरको नगद लाभांश घोषणा गरेको हो ।

उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*