राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा आज सार्वजनिक गर्ने तयारी
५ फाल्गुन २०७८, बिहीबार १६:२१
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ। आज साँझ नै बैंक सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीतिलाई स्वीकृत गर्ने तयारीमा केन्द्रीय बैंक रहेको राष्ट्र बैंकको स्रोतले जनाएको छ।
स्रोतले ‘चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा आजै सार्वजनिक गर्ने तयारी गरेर बैंक सञ्चालक समितिको बैठक साँझ डाकिएको छ । त्यसैले बैठकले अनुमोदन गरेमा संभवत साँझमा नै मौद्रिक समीक्षा सार्वजनिक हुने स्रोतको भनाई रहेको छ ।