झिनो अंकले घट्यो नेप्से, पाँच उपसूचकमा हरियाली छाएपनि २ अर्बमा खुम्चियो कारोबार
५ फाल्गुन २०७८, बिहीबार १५:०८
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन १९ अंकले घटेको शेयर बजार आज १.९३ अंकले घटेर २७३२.५२ विन्दुमा पुगेको छ ।
नेप्समा सूचीकृत २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनमा ३ अर्बमाथिको कारोबार ह्ुँदा आज कारोबार २ अर्बमा झरेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज व्यापार समूह, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड समूहमा हरियाली छाएको छ भने सर्वाधिक जीवन बीमा समूहको ६३.७४ रुपैयाँले घट्न पुगेको छ ।