निफ्रासहित ३ बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत, कसको कति ?
५ फाल्गुन २०७८, बिहीबार १४:५७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन बैंकको बोनस शेयर सूचीकृत भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिभिल बैंक लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
शाइन रेसुङ्गको १० प्रतिशतका दरले ३७ लाख २५ हजार ४५१ कित्ता, निफ्राको ८ प्रतिशतका दरले १ करोड ६० लाख कित्ता र सिभिल बैंकको ५ प्रतिशतका दरले ४३ लाख २१ हजार ८३० कित्ता बोनस शेयर आज सूचीकृत भएको हो ।
सूचीकृत पश्चात आइतबारदेखि नै लगानीकर्ताहरुले उक्त शेयरहरु खरिदबिक्री गर्न पाउनेछन् ।