नेशनल इन्स्योरेन्सको अधिकांश सूचकमा सामान्य सुधार

५ फाल्गुन २०७८, बिहीबार १४:४८

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनील लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उल्लेख्य बीमा ब्यवसाय गर्न सफल भएको छ । इन्स्योरेन्सले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कुल बीमा शुल्क आम्दानी २२ प्रतिशतले बढेको देखिएको छ ।

चालु आवको पुष मसान्तसम्ममा नेशनल इन्स्योरेन्सले ७८ करोड ६५ लाख ११ हजार रुपैयाँ कुल बीमा शुल्क आम्दानी गरेको छ । गत आवको तुलनामा इन्स्योरेन्सको कुल बीमा शुल्क २२.२५ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिसम्ममा नेशनल इन्स्योरेन्सको कुल बीमा शुल्क ६४ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।

साथै समिक्षा अवधिसम्ममा इन्स्योरेन्सले कोषहरुको आकार समेत बृद्धि गरेको छ । बीमा कोषको आकार यस अवधिसम्ममा ३०.९३ प्रतिशतले बढेर ६१ करोड ९८ लाख रुपैयाँ संचित गर्न सफल भएको छ भने जगेडा कोषको आकार १६.१३ प्रतिशतले बढेर ४५ करोड ३२ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।

गत आवको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले बीमा कोषमा ४७ करोड ३४ लाख रुपैयाँ जगेडा कोषमा ३९ करोड २ लाख रुपैयाँ मात्रै संचित गरेको थियो ।

यस अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमा शुल्क ९.१३ प्रतिशतले बढेर ४३ करोड ५५ लाख ४ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा नेशनल इन्स्योरेन्सको खुद बीमा शुल्क ३९ करोड ९० लाख रुपैयाँ मात्रै रहेको थियो । चालु आवको पुष मसान्तसम्ममा नेशनल इन्स्योरेन्से खुद बीमा शुल्क र कुल बीमा शुल्क आम्दानीमा उल्लेख्य बृद्धि गरेतापनि नाफामा खासै प्रगती देखिएको छैन ।

गत आवको पुष मसान्तसम्ममा १० करोड २६ लाख नाफा गरेको कम्पनीले यस अवधिसम्ममा जम्मा १.१३ प्रतिशतले मात्रै बृद्धि भएर १० करोड ३८ लाख नाफा आर्जन गर्न सफल भएको छ । यस अवधिसम्ममा कम्पनीको लगानी, कर्जा अन्यबाट प्राप्त आयमा भने ३०.८२ प्रतिशतको गिरावट आएको छ । गत आवमा १२ करोड ८५ लाख रहेको यस्तो आय यस आवमा ८ करोड ८९ लाख मात्रै रहेको छ ।

आय घटेसँगै इन्स्योरेन्सको यस अवधिमा व्यवस्थापन खर्च समेत २६.२९ प्रतिशतले बढेर १४ करोड ११ लाख रुपैयाँ पुगेको छ । साथै यस अवधिसम्ममा इन्स्योरेन्सको खुद दावी भुक्तानी पनि २४.६६ प्रतिशतले बढेर ९७ करोड ८३ लाख रुपैयाँ पुगेको छ । खुद दावी भुक्तानी बढेसँगै इन्स्योरेन्सको जारी बीमा पोलिसी संख्या बढेर ८९ हजार ८८५ पुगेको छ ।

समिक्षा अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७१ पैसा, प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ३८ पैसा रहेको छ । साथै पिई रेसियो ५२ रुपैयाँ ७१ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*