आइसिएफसि फाइनान्सको संस्थापक शेयर बिक्रीमा
५ फाल्गुन २०७८, बिहीबार १२:५८
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेड संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनी बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मुल्य भने खुलाएको छैन ।
कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन ५ गते) ले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको प्रधान कार्यालय भाटभटेनी काठमाडौंमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको कम्पनीले जनाएको छ ।