निजि कम्पनीसँग राष्ट्रिय बीमा संस्थानको शंकास्पद सम्बन्ध

५ फाल्गुन २०७८, बिहीबार १२:१५

काठमाडौं । अध्यक्ष नभएको मौका छोपेर राष्ट्रिय बीमा संस्थानले एक नीजि कम्पनीसँग शंकास्पद सम्झौता गरेको छ । राष्ट्रिय बीमा संस्थानमा बर्षौदेखि काम गर्दै आएका बीमा अभिकर्ताहरुको रोजी रोटी खोस्ने उद्देश्यले संस्थानले सम्झौता गरेको आरोप सो कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरुको छ ।

संस्थानमा हाल अध्यक्ष समेत छैनन् । अध्यक्ष नभएको मौका छोपेर प्रमुख प्रशासक कवि प्रसाद पाठकले एक निजि एप्स कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्थानमा उच्च पदस्थ व्यक्तिले व्यक्तिगत लाभका लागि निजि कम्पनीसँग सम्झौता गरेको सस्थानभित्रैका कर्मचारीहरुको आरोप छ । अध्यक्ष समेत नभएको मौका सम्झौता गरिनुको कारणबारे संस्थानले केही बताएको छैन ।

2 thoughts on “निजि कम्पनीसँग राष्ट्रिय बीमा संस्थानको शंकास्पद सम्बन्ध

  1. Nispaksha Adhikari says:

    Fake news ….suniyojit tarika le badnaam garaune paisa khuwaera lekhieko……praman pesh garera lekhnu parcha patrukar ani pushtyai huncha

  2. balaram shrestha says:

    सरकारी कम्पनीमा काम गर्ने, निजि कम्पनीसँगमिलेर बीमा अभिकर्ताको पेशा संकटमा पार्नेहरुको समाचार लेखेकोमा बीमापोष्टलाई धन्यवाद । संस्थागत बीमा अभिकर्ताको नाममा बीमा अभिकर्ताको रोजीरोटी खोस्ने तयारी हुँदैछ । पेशागत बीमा अभिकर्ता संघ कहाँ छ ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*