आरएमडीसी लघुवित्तको डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थापक शेयर बिक्रीमा आएको छ । संस्थाले संस्थापक समूह तर्फको १ लाख ४९ हजार ८ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
शेयरको न्यूनतम मूल्य ५४० रुपैयाँ तोकिएको छ । शेयरमा आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यामान संस्थापक शेयरधनीहरुले चैत ९ गतेसम्म आवश्यक कागजात संकलन गरी संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर नक्साल काठमाडौंमा गोप्य शिलब्दी बोलपत्र पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।